दुई हजारले घट्यो सुनको मूल्य

हिमाल प्रेस ८ चैत २०७९ १२:०४
2
SHARE
दुई हजारले घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा दुई हजार रुपैयाँले घटेको हो।

आज सुन तोलाको एक लाख सात हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। उक्त सुन मंगलबार तोलामा एक लाख ९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन तेजाबी सुन तोलामा एक लाख सात हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ। आज चाँदी तोलामा एक हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: ८ चैत २०७९ १२:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =