लुम्बिनीका स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

हिमाल प्रेस ८ चैत २०७९ १०:५२
60
SHARES
लुम्बिनीका स्वतन्त्र प्रदेशसभा सदस्य पुनले रोजे माओवादी केन्द्र

दाङ- लुम्बिनी प्रदेशसभाका स्वतन्त्रबाट निर्वाचित प्रदेशसभा सदस्य सुरुल पुनले नेकपा (माओवादी केन्द्र) रोजेका छन्। उनले मंगलबार माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको कार्यालयलाई पत्र पठाउँदै माओवादी केन्द्र रोजेको बताएका हुन्।

पुन रुकुमपूर्वको क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए। तत्कालीन गठबन्धनका साझा उम्मेदवार तेजबहादुर वलीलाई हराउँदै उनी विजयी भएका थिए। माओवादी केन्द्रबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका उनी पुनः माओवादी केन्द्रमै फर्किएका हुन्।

यसअघि रोल्पाबाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्र पुनले पनि माओवादी केन्द्र रोजेका थिए। उनले पनि गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका थिए।

योसँगै लुम्बिनीमा माओवादी केन्द्रका प्रदेशसभा सदस्यको संख्या ११ पुगेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + 6 =