अवैध लागूऔषधसहित धरानबाट एक पक्राउ

हिमाल प्रेस ८ चैत २०७९ ९:२९
4
SHARES
अवैध लागूऔषधसहित धरानबाट एक पक्राउ सांकेतिक तस्बिर।

सुनसरी- अवैध लागूगाँजासहित धरानबाट एकजना पक्राउ परेको छ। धरान उपमहानगरपालिका २० बाट अवैध लागूऔषध गाँजासहित धनकुटा सागुरीगढी गाउँपालिका ९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

यसैगरी धरान उपमहानगरपालिका ११ बस्ने ४७ वर्षीया विष्णुमाया राईको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा ३१ किलो फेला पारी राईलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ।

प्रकाशित: ८ चैत २०७९ ९:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =