पानी दिवसको अवसरमा राष्ट्रपतिको चिन्ता : पक्की संरचनाले जमिनमुनिको पानी घटायो

हिमाल प्रेस ८ चैत २०७९ ७:५८
14
SHARES
पानी दिवसको अवसरमा राष्ट्रपतिको चिन्ता : पक्की संरचनाले जमिनमुनिको पानी घटायो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउन सक्ने संकटलाई दृष्टिगत गर्दै भूमिगत पानीको स्रोतमा कमी हुन नदिन जलाधार क्षेत्र र गाउँ-गाउँमा रहेका आहाल, पोखरी, तालतलैयाहरूको संरक्षण गर्न जरुरी रहेको बताएका छन्।

विश्व पानी दिवसका सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले सहरी क्षेत्रमा वर्षात्को पानीमार्फत भूमिगत पानी स्रोत बढाउन पूर्वाधार निर्माण गर्दा सम्बद्ध सबै पक्षले ध्यान दिन जरुरी रहेको बताएका हुन्। उनले भने, ‘यत्रतत्र पोखरीहरू निर्माण गरी आकाशेपानी संकलनसमेत गरी पानीका स्रोतहरूको संरक्षण गर्न अतिआवश्यक भइसकेको छ।’

उनले बढ्दो सहरीकरण तथा भौतिक पूर्वाधार निर्माणका क्रममा भएको वनजंगल तथा प्रकृति विनाशका कारण पानीका स्रोतहरू नष्ट भइरहेको बताएका छन्। राष्ट्रपति पौडेलले सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण जमिनमुनिको पानीको सतह निरन्तर घट्नेक्रम जारी रहेको उल्लेख गरे।

उनले ‘पानीका स्रोतहरूको संरक्षण गर्दै पर्यावरणको सन्तुलनमा योगदान पुर्‍याउन प्रेरणा मिलोस् भन्ने विश्व पानी दिवस २०२३ का अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ भनेका छन्।

प्रकाशित: ८ चैत २०७९ ७:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =