सुदूरपश्चिम विश्वविद्यालयका १० क्याम्पसमा स्ववियु निर्वाचन आज

हिमाल प्रेस ८ चैत २०७९ ७:१०
2
SHARE
सुदूरपश्चिम विश्वविद्यालयका १० क्याम्पसमा स्ववियु निर्वाचन आज

काठमाडौँ- सुदूरपश्चिम विश्वविद्यालयका १० वटा क्याम्पसमा स्ववियुको निर्वाचन बुधबार (आज) निर्वाचन हुँदैछ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचन हुन लागेको हो।

सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस कैलाली बहुमुखी क्याम्पसमा पनि नयाँ स्ववियु नेतृत्व चयनका लागि निर्वाचन हुँदैछ। यहाँ अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी पार्टीको अनेरास्ववियूबीच चुनावी तालमेल भएको छ भने अन्य संगठनले एकल उम्मेदवारी दिएका छन्।

स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भएपनि आन्तरिक विवादका केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्ता हुन सकेन। केन्द्रीय क्याम्पसले अगामी २१ गते नयाँ मिति तय गरेको छ भने अन्य क्याम्पस छलफलमै रहेका छन्।

प्रकाशित: ८ चैत २०७९ ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 2 =