उप-निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

हिमाल प्रेस ८ चैत २०७९ ६:५३
4
SHARES
उप-निर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

काठमाडौँ- निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता सुरु गर्दैछ।

आयोगले वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ। चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मंसिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा सांसद पद रिक्त छ।

यसैगरी, तनहुँ–२ वाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि सो स्थान रिक्त भएको हो। यता बारा २ मा पनि रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सांसद पद रिक्त भएको हो।

प्रकाशित: ८ चैत २०७९ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =