कांग्रेसलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला

हिमाल प्रेस ७ चैत २०७९ १७:३७
18
SHARES
कांग्रेसलाई गल्ती गर्ने छुट छैन : शेखर कोइराला फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कां‌ग्रेसलाई कुनै पनि गल्ती गर्ने छुट नरहेको बताएका छन्। मंगलबार काठमाडौँमा आयोजित नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले कांग्रेसले इमान्दार भएर काम गर्नुपर्ने बताएका हुन्।

उनले नेपाली कांग्रेस अब केही दिन भित्र नै सरकारमा जान लागेकाले सरकारमा गइसकेपछि कांग्रेसबाट कुनै पनि किसिमको कमीकमजोरी हुनु नहुने बताए। उनले अहिलेका परिस्थितिलाई कांग्रेसले गम्भीर रूपमा नियालीरहेको भन्दै १० दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसकै काँधमा रहेको बताए।

नेता कोइरालाले वर्तमान सत्तागठबन्धनलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको रहेको बताए। ‘नेपाली काँग्रेस केही दिनभित्रै सरकारमा जाँदैछ। अब हामीलाई गल्ती गर्ने छुट छैन,’ उनलेभने, ‘कुनै किसिमको कमीकमजोरी नेपाली कांग्रेसबाट हुनु हुँदैन। यी सबै कुरालाई नेपाली कांग्रेसले गम्भीर रूपमा लिनुपर्छ।’

नेता कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रतामा नेपाली काँग्रेस नचुकेको पनि बताए। प्रेस स्वतन्त्रता बिना लोकतन्त्र चल्न नसक्ने भन्दै उनले लोकतन्त्र बिना समुन्नत नेपाल बन्न नसक्ने पनि बताए।

प्रकाशित: ७ चैत २०७९ १७:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =