सत्ता गठबन्धनसँग भागबन्डा मिलाउन एकीकृत समाजवादीले बनायो कार्यदल

हिमाल प्रेस ७ चैत २०७९ १३:३६
6
SHARES
सत्ता गठबन्धनसँग भागबन्डा मिलाउन एकीकृत समाजवादीले बनायो कार्यदल

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले सरकारमा जाने गृहकार्य गर्न कार्यदल बनाएको छ।

आज केन्द्रीय कार्यालयमा बसेको ५४ औँ सचिवालय बैठकले अध्यक्ष माधवकुमार नेपाल र उपाध्यक्षद्वय प्रमेश हमाल र बेदुराम भुसाल रहेको कार्यदल गठन गरेको हो।

कार्यदलले गठबन्धनसँग पार्टीको तर्फबाट छलफल गर्ने, भागबन्डा मिलाउने काम गर्ने जनाइएको छ। साथै, पार्टीबाट क-कसलाई सरकारमा पठाउने समेत निर्णय लिनेछन्।

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले सचिवालय बैठकमा समसामयिक राजनीति, केन्द्र र प्रदेश सरकारलगायत विभिन्न विषयमा छलफल गरिएको जानकारी दिए।

उनकाअनुसार सरकार गठन प्रक्रियाबारे गृहकार्य गर्न अध्यक्ष नेपालसहित रहेको कार्यदल गठन गर्ने सचिवालय बैठकले निर्णय गरेको छ।

प्रकाशित: ७ चैत २०७९ १३:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =