रवि लामिछानेविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी

हिमाल प्रेस ७ चैत २०७९ १२:३०
42
SHARES
रवि लामिछानेविरुद्ध युवराज सफलले दिए अख्तियारमा उजुरी फाइल तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का अध्यक्ष रवि लामिछानेले राहदानी मुद्दामा ‘क्लिनचिट’ पाएपछि त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ।

युवराज सफलले जिल्ला प्रहरी परिसर काठमाडौँ, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय पाटन र महान्यायाधिवक्ताको कार्यालयका पदाधिकारी तथा कर्मचारीविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालले लिने विश्वासको मतका लागि रविलाई राहदानी दुरुपयोग मुद्दामा सफाइ दिइएको आरोप उजुरीकर्ताले लगाएका छन्।

अमेरिकी नागरिक कायम हुँदाकै बखत नेपाली राहदानी बनाएको र दुरुपयोग गरेको प्रमाण हुँदाहुँदै सत्ता जोगाउनकै लागि सरकारवादी मुद्दाबाट सफाइ दिने गरी महान्यायधिवक्ताको कार्यालयले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पनि रिट दा‍यर गर्ने उनको भनाइ छ।

नागरिकताको विषयमा यिनै सफलले मुद्दा दायर गरेपछि लामिछानेको सांसद पद गएको थियो।

प्रकाशित: ७ चैत २०७९ १२:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =