ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु

हिमाल प्रेस ७ चैत २०७९ ८:५६
2
SHARE
ट्रयाक्टर दुर्घटनामा दुई जनाको मृत्यु सांकेतिक तस्बिर।

कैलाली- कैलालीको जोशीपुर गाउपालिका ७ हजारीबारामा सोमबार साँझ सुगरखालबाट भजनीतर्फ जाँदै गरेको ट्र्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई दर्जन बढी घाइते भएका छन्।

से १ त ८८७० नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार भजनी नगरपालिका ९ बस्ने वर्ष १४र१५ की चाहाना चौधरी र सोही ठाउँकी ४५र४६ वर्षकी दिल रानी चौधरी उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कुलदीप चन्दले दिएको जानकारी अनुसार ट्र्याक्टर दुर्घटनामा घाइते मध्ये चाहना र दिलरानीको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अन्य घाइतेको घोडाघोडी अस्पताल सुखड र बर्दगोरिया अस्पताल बौनियाँमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ।

ट्र्याक्टर चालक फरार रहेको र उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: ७ चैत २०७९ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − nine =