नेपाली बजारमा कियाको कारेन्स, सुरुवाती मूल्य ४८ लाख ९० हजार

हिमाल प्रेस ६ चैत २०७९ १६:२१
20
SHARES
नेपाली बजारमा कियाको कारेन्स, सुरुवाती मूल्य ४८ लाख ९० हजार

काठमाडौँ- कोरियाली कार निर्माता कम्पनी कियाले आफ्नो नयाँ उत्पादन कारेन्स नेपाली बजारमा ल्याएको छ। नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले कारेन्स भित्र्याएको हो।

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ। कारेन्समा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक्स स्ट्याबिलिटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी म्यानेजमेन्ट, ब्रेक एसिस्ट, हिल स्टार्ट एसिस्ट कन्ट्रोलजस्ता सुरक्षा विशेषता छन्।

त्यस्तै यो कारमा डाउनहिल ब्रेक कन्ट्रोल, एन्टी लक ब्रेकिङ सिस्टम, अल ह्विल डिस्क ब्रेक, हाइलाइन टायर प्रेसर मोनिटरिङ सिस्टम र रियर पार्किङ सेन्सर दिइएको छ।

यो कार दुईथरी पेट्रोल इन्जिनमा उपलब्ध छ। एउटा ११५ बीएचपी र १४४ एनएम टर्कयुक्त १.५ लिटर र अर्को १४० बीएचपी र २४२ एनएम टर्कयुक्त १.४ लिटर। ६ स्पिड म्यानुअल भने १.५ लिटर पेट्रोलमा मात्र प्रदान गरिएको छ। १.४ लिटर टर्बो पेट्रोलमा ७ स्पिड डीसीटी अप्सन दिइएको कम्पनीले जनाएको छ।

कारेन्स ११५ बीएचपी तथा २५० एनएम टर्कयुक्त १.५ लिटर टर्बो डिजेल इन्जिनमा पनि उपलब्ध छ। यसमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन छ। यसमा लक्जरी प्लस ट्रिममा स्टियरिङमा जडित प्याडल सिफ्टर छ। जसले ७ स्पिड डीसीटी वा ६ स्पिड अटोमेटिकमा पुगेका बेला काम गर्छ।

कारेन्समा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, १०.२५ इन्चको इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट, सनरुफ, दोस्रो र तेस्रो रोमा हावाको गति मिलाउन मिल्ने छतमा जडित एयरकन भेन्टसजस्ता विशेषता छन्।

सिटपछाडि जडित ट्याब्लेट र स्मार्टफोन नोचयुक्त कपहोल्डर सहितको ट्रे टेबल, भेन्टिलेटेड फ्रन्ट सिट, ६४ कलर एम्बियन्ट लाइटिङ, एयर प्युरिफायर, बोस अडियो सिस्टम, वान टच सेकेन्ड रो टम्बल आदि विशेषता पनि यसमा रहेको छ।

सात सिटर कन्फिगरेसन, ठूलो बुट स्पेस, २१६ लिटरको लगेज स्पेस कारेन्सका नयाँ विशेषता हुन्। तेस्रो रो फोल्ड गर्दा लगेज स्पेसलाई ६४५ लिटरसम्म बढाउन सकिने कम्पनीले जनाएको छ।

कारेन्स प्रिमियमको मूल्य ४८ लाख ९० हजार र प्रेस्टिजको मूल्य ५२ लाख ९० हजार तोकिएको छ। किया कारेन्स भारतको प्रतिष्ठित ‘इन्डियन कार अफ द इयर’ (आईसीओटीबाई) २०२३ अवार्ड प्राप्त कार हो।

जनवरीमा मात्रै भारतमा ७ हजार ९०० थान कारेन्स बिक्री भएको कम्पनीको दाबी छ। सन् २०२२ को जुनमा ७ हजार ८९५ कार भारतीय बजारमा बिक्री भएको थियो।

प्रकाशित: ६ चैत २०७९ १६:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 7 =