सुदूरपश्चिममा स्ववियु चुनाव : अनेरास्ववियुको १६ स्थानमा जित, ८ मा नेविसंघ

हिमाल प्रेस ६ चैत २०७९ १०:१७
2
SHARE
सुदूरपश्चिममा स्ववियु चुनाव : अनेरास्ववियुको १६ स्थानमा जित, ८ मा नेविसंघ

काठमाडौँ- सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को मतपरिणाम धमाधम आइरहेको छ। सुदूरपश्चिममा आइतबार ३४ क्याम्पसमा निर्वाचन सम्पन्न भएको थियो। हालसम्म गणना भएका क्याम्पसमध्ये अनेरास्ववियुले १६ मा जितेको छ।

नेविसंघले ८, अखिल क्रान्तिकारीले ७ र नेत्रविक्रम चन्द ‘विप्लव’निकट अखिल क्रान्तिकारीले १ क्याम्पसमा नतिजा निकालेको छ। बुढी नन्दनन्दा क्याम्पस बाजुरा मत गणना हुन बाँकी छ भने घोडाघोडी क्याम्पस मत गणना प्रारम्भिक चरणमा रहेकाले नतिजा आउन थालेको छैन।
बैतडीको नवप्रभात बहुमुखी क्याम्पसमा अनेरास्ववियुकी रेखा घटाल, श्रीकोट बहुमुखी क्याम्पसमा शम्भुराज गिरी र सेटीगाउँ बहुमुखी क्याम्पसमा मोहन बोहरा निर्वाचित भएका छन्।

बझाङको थलारा बहुमुखी क्याम्पसमा महेश जेठारा, सेती क्याम्पसमा लक्ष्मण गिरी र सुनकुडा क्याम्पसमा दिलीप अधिकारी निर्वाचित भएका छन् भने दार्चुलाको कृष्ण स्नातक क्याम्पसमा हेमन्ती जोशी निर्वाचित भएका छन्। उनीहरू सबै अनेरास्वियुका हुन् ।

यस्तै कैलालीको नौवटा मध्ये पाँचवटा क्याम्पसको प्राप्त नतिजा अनुसार अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। कैलालीको बुलबुले बहुमुखी क्याम्पसमा पुष्पा खाती, खप्तड बहुमुखी क्याम्पसमा पुष्कर अवस्थी, चौमाला बहुमुखी क्याम्पसमा हरेन्द्र बुढा, लम्की बहुमुखी क्याम्पसमा कल्पना तिमिल्सना, ऐश्वर्य बहुमुखी क्याम्पसमा कुबेर खड्का निर्वाचित भएका हुन् ।

कञ्चनपुरको रौलेश्वर जनता आर्दश बहुमुखी क्याम्पसमा दीलेन्द्रप्रसाद बडू र कञ्चन बहुमुखी क्याम्पसमा देवबहादुर साउँद निर्वाचित भएका छन् भने डोटीको खप्तड आदर्श क्याम्पसमा श्याम विक निर्वाचित भएका छन् । यी तीनै जना पनि अनेरास्ववियुका हुन्।

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार दुर्गाप्रसाद भट्ट निर्वाचित भएका छन् । यस्तै कञ्चनपुरको कृष्ण बैजनाथ बहुमुखी क्याम्पसमा नेविसंघकै कृष्णराज जोशी र महाकाली बहुमुखी क्याम्पसमा नेविसंघका निरज भण्डारी निर्वाचित भए।

डोटीको केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसमा नेविसंघका निर्मल बम निर्वाचित भए। अहिलेसम्म अखिल क्रान्तिकारीका उम्मेदवार प्रदेशका तीनवटा क्याम्पसमा विजयी भएका छन्। कैलालीको मोहन्याल बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका अर्जुन खत्री, कञ्चनपुरको रामपुर बहुमुखी क्याम्पसमा सरस्वती तिरुवा र जनता बहुमुखी क्याम्पसमा मनोज साउद अखिल क्रान्तिकारीबाट निर्वाचित भएका हुन्।

प्रकाशित: ६ चैत २०७९ १०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 4 =