स्ववियु निर्वाचन : अनेरास्ववियु अघिअघि, पछ्याउँदै नेविसंघ

हिमाल प्रेस ६ चैत २०७९ ८:४७
8
SHARES
स्ववियु निर्वाचन : अनेरास्ववियु अघिअघि, पछ्याउँदै नेविसंघ

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियनको नतिजा धमाधम आइरहेको छ।
हालसम्म प्राप्त नतिजाअनुसार नेकपा एमालेनिकट अनेरास्ववियुले सबैभन्दा धेरै क्याम्पसमा जित हासिल गरेको छ। नेविसंघ अनेरास्वियुलाई पछ्याइरहेको छ ।

अहिलेसम्म १६७ क्याम्पसको नतिजा आइसक्दा अनेरास्ववियुले ७९ स्थानमा जितेको छ। नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघले ५१ तथा नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले ३० स्थानमा जित हासिल गरेको छ ।

स्वतन्त्रसहित अन्य विद्यार्थी संगठनले सात स्थानमा जितेका छन्।

प्रकाशित: ६ चैत २०७९ ८:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − four =