ट्याक्टर दुर्घटनामा एकको मृत्यु

हिमाल प्रेस ६ चैत २०७९ ७:४४
2
SHARE
ट्याक्टर दुर्घटनामा एकको मृत्यु सांकेतिक तस्बिर।

अछाम- मेल्लेख गाउँपालिकाको बुढा खोलामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र चार घाइते भएका छन्।

मृत्यु हुनेमा १६ वर्षीया मनीषा बुढाको घटनास्थलमै मृत्यु भएको मेल्लेख गाउँपालिका ३ का वडा अध्यक्ष नौले रावलले बताए। १५ वर्षीया सुस्मिता बुढा, १४ वर्षीया पार्वती बुढा, करिश्मा बुढा र १२ वर्षीया पुष्पा विक घाइते भएका छन्।

आइतबार मध्य दिउँसो संस्थाले बाँड्ने खुत्रुके लिन पिपलसैन माध्यमिक विद्यालय जाने क्रममा से २ त ३४३१ नम्बरको ट्याक्टर मेल्लेख गाउँपालिकाको दर्वा र बगुडाको बिचमा बुढा खोला भन्ने स्थानमा दुर्घटनामा परेको हो।

घाइतेको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित: ६ चैत २०७९ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 1 =