ल क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका ढुंगेल

हिमाल प्रेस ६ चैत २०७९ ७:३५
12
SHARES
ल क्याम्पसको स्ववियु सभापतिमा क्रान्तिकारीका ढुंगेल

काठमाडौँ- नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका विष्णु ढुंगेल निर्वाचित भएका छन्।

उनले अनेरास्ववियुका कैलाश तामाङलाई पराजित गरेका हुन्। विजयी ढुंगेललाई नेविसंघ, र अनेरास्ववियूको पनि समर्थन थियो।

ढुंगेलले ५९१ मत प्राप्त गर्दा तामाङलाई ५३९ मत खसेको छ। यस्तै सचिवमा नेविसंघका मनोज सिंह(६०१) र कोषाध्यक्षमा अनेरास्ववियुका सन्ज्योति नेम्वाङ(४२३) विजयी भएका छन्।

७ सदस्यमध्ये ५ सदस्य अनेरास्ववियुले जितेको छ। अनेरास्ववियुका समिर रिजाल, प्रियंका साउँद, प्रज्ञा ज्ञवाली, शिरिष पौडेल र आशुतोष कुमार गुप्ता सदस्यमा विजयी भएका छन्।

प्रकाशित: ६ चैत २०७९ ७:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 19 =