उपराष्ट्रपतिले आज पद तथा गोपनीयताको शपथ लिँदै

हिमाल प्रेस ६ चैत २०७९ ७:००
2
SHARE
उपराष्ट्रपतिले आज पद तथा गोपनीयताको शपथ लिँदै

काठमाडौँ- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय भएको छ ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदमा निर्वाचित भएका थिए । निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए ।

निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ३ मा सकिएको छ ।

प्रकाशित: ६ चैत २०७९ ७:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =