त्रिवि स्ववियु : केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार ओझा निर्वाचित

हिमाल प्रेस ५ चैत २०७९ १९:३२
130
SHARES
त्रिवि स्ववियु : केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघ उम्मेदवार ओझा निर्वाचित

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा श्यामराज ओझा निर्वाचित भएका छन्। त्रिविअन्तर्गतका क्याम्पसमा आइतबार सम्पन्न स्ववियु निर्वाचमा त्रिवि केन्द्रीय क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार ओझा निर्वाचित भएका हुन्।

उनले आफ्ना प्रतिद्वन्द्वीलाई ३३१ मतान्तरले जितेका मतगणनास्थलमा रहेका नेविसंघ नेता अशोक बिष्टले जानकारी दिए। उनका अनुसार त्रिवि केन्द्रीय क्याम्पसमा ओझाले ९६२ मत पाएका थिए। ओझाका प्रतिद्वन्द्वी अनेरास्ववियुका उम्मेदवार प्रकाश बिष्टले ६३१ले मत पाएका छन्।

त्यस्तै कोषाध्यक्षमा पनि नेविसंघका उम्मेदवार निर्वाचित भएका छन्। केन्द्रीय क्याम्पसको स्ववियु सचिवमा अनेरास्ववियुका उम्मेदवार निर्वाचित भएका छन्। यद्यपि निर्वाचनको अन्तिम मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।

प्रकाशित: ५ चैत २०७९ १९:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + sixteen =