ग्लोबल आइएमई बैंकका ग्राहकलाई १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने अवसर

हिमाल प्रेस ५ चैत २०७९ १८:००
12
SHARES
ग्लोबल आइएमई बैंकका ग्राहकलाई १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल जित्ने अवसर

काठमाडौँ- ग्लोबल आइएमई बैंकले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी १ रुपैँया खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन्।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको उक्त आइतबारदेखि लागू भएको छ। चैत ११ गतेसम्म उक्त योजना रहनेको बैंकले जानकारी दिएको छ।

योजनाको अन्तिममा बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने सहभागीमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ।

छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन्। अनलाइन कार्ड भुक्तानी (इ–कमर्स)लाई प्रवद्र्धन गर्ने उद्देश्यले उक्त योजना ल्याएको बैंकले बताएको छ।

प्रकाशित: ५ चैत २०७९ १८:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − sixteen =