कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

हिमाल प्रेस ४ चैत २०७९ १३:१८
2
SHARE
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

बैठक आइतबार बिहान १०:३० बजेदेखि नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समीक्षा, प्रधानमन्त्रीले लिने विश्वासको मत र सरकारमा सहभागितका विषयमा छलफल हुने बताइएको छ।

आइतबार नै दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ भने सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: ४ चैत २०७९ १३:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 9 =