उपराष्ट्रपति रामसहाय यादवले पाए प्रमाण पत्र [फोटो फिचर]

दिपेश श्रेष्ठ ३ चैत २०७९ १८:३७
6
SHARES
उपराष्ट्रपति रामसहाय यादवले पाए प्रमाण पत्र [फोटो फिचर]

काठमाडौँ– उपराष्ट्रपतिमा शुक्रबार निर्वाचित रामसहाय यादवलाई निर्वाचन आयोगले प्रमाण पत्र प्रदान गरेको छ। आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले यादवलाई प्रमाण पत्र प्रदान गरेका हुन्।

प्रमाण पत्र वितरण कार्यक्रममा उनलाई प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगात शीर्ष नेताहरूले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

शुक्रबार भएको निर्वाचनमा यादव एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी नेता ममता झालाई हराउँदै उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । यादवले ३० हजार ३२८ मतभार पाए। उनले संघीय संसद्‌तर्फ १४ हजार ५३६ र प्रदेशसभातर्फ १५ हजार ७९२ मतभार पाएका छन्।

प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सांसदले उपराष्ट्रपतिमा मत दिएका हुन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभा गरी कुल मतभार ५२ हजार ६२८ रहेको छ । यादवले २६ हजार ३ सय १४ मतभारभन्दा बढी मत ल्याई बहुमतसहित निर्वाचित भएका हुन्।

शुक्रबार भएको निर्वाचनमा संघतर्फका ३११ सांसद र प्रदेश सभातर्फका ५१८ गरी निर्वाचनमा ८२९ सांसदले मतदान गरेका थिए।

संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ रहेको थियो। उपराष्ट्रपति पदका उम्मेदवारमा यादव, जनमतकी ममता झा र एमालेकी अष्टलक्ष्मी शाक्य उम्मेदवार थिए।

निर्वाचनमा राप्रपा र नेमकिपा मतदान प्रक्रियामा सहभागी भएनन्। यादव सत्तागठबन्धन तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + six =