राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन साँठगाँठमा चलेको छ : ओली

हिमाल प्रेस ३ चैत २०७९ १४:४७
4
SHARES
राष्ट्रपति-उपराष्ट्रपतिको निर्वाचन साँठगाँठमा चलेको छ : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन लोकतान्त्रिकभन्दा पनि साँठगाँठ प्रणालीमा चलेको आरोप लगाएका छन्।

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले लोकतान्त्रिक प्रणालीमा हारजित हुनु स्वाभाविक भए पनि अहिले साँठगाँठको प्रणाली भएको बताएका हुन्।

उनले कांग्रेससँगको सहकार्यका विषयमा अहिले नै भन्ने बेला नआएको जिकिर गरे। आफ्नो कांग्रेससँग सहकार्य हुन सक्छ भन्ने अभिव्यक्तिप्रति कांग्रेसकै केही नेताहरू त्रसित भएको उनले बताए।

उनले एमाले देश र जनताका लागि काम गर्ने भन्दै केन्द्रलगायत प्रदेश सरकारमा प्रतिपक्षीमा बसेर काम गर्दा राजनीति नगुम्ने तर्क गरे।

ओलीले शान्तिप्रक्रियाका बाँकी काम समयमा नै टुंग्याउनुपर्ने र संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकमा एमालेले आवश्यक धारणा तय गर्ने बताए।

 

प्रकाशित: ३ चैत २०७९ १४:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − six =