उपराष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

हिमाल प्रेस ३ चैत २०७९ १३:५७
2
SHARE
उपराष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

काठमाडौँ- नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन्। सत्तारुढ दलका शीर्ष नेताहरूले पनि मतदान गरिसकेका छन्।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सुरु भएको मतदान अपराह्न ३ बजेसम्म चल्नेछ। उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपा तथा गठबन्धनबाट रामसहाय यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्।

प्रकाशित: ३ चैत २०७९ १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 2 =