आचारसंहिताका कारण बस्न सकेन रास्वपाको बैठक

हिमाल प्रेस ३ चैत २०७९ ९:१८
आचारसंहिताका कारण बस्न सकेन रास्वपाको बैठक फाइल तस्बिर

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी र संसदीय दलको संयुक्त बैठक स्थगित भएको छ।
उपराष्ट्रपति निर्वाचनमा मतदान कसलाई दिने भन्ने विषयमा निर्णय गर्न आज बिहान साढे ११ बजेलदाई बोलाइएको बैठक स्थगित भएको हो।

निर्वाचन आयोगले आचार संहिता जारी भएपछि पार्टीका कुनै पनि बैठक बस्न नमिल्ने भनेपछि स्थगित भएको रास्वपा प्रवक्ता मुकुल ढकालले जानकारी दिए। उपराष्ट्रपति चयनका लागि आजै १० बजेदेखि ३ बजेसम्म मतदानको समय तोकिएको छ।

उपराष्ट्रपतिमा सत्ता गठबन्धनको तर्फबाट रामसहायप्रसाद यादव र ममता झा तथा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्।

यसअघि जसपाबाट उम्मेदवार बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको र उनले रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेकी छन्। तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले उनको नाम पनि मतपत्रमा हुनेछ।

यो पनि,

उपराष्ट्रपतिबारे छलफल गर्न रास्वपा बैठक बस्दै

प्रकाशित: ३ चैत २०७९ ९:१८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 18 =