ह्याकरबाट मुक्त भयो प्रधानमन्त्रीको ट्विटर अकाउन्ट

हिमाल प्रेस ३ चैत २०७९ ७:२४
6
SHARES
ह्याकरबाट मुक्त भयो प्रधानमन्त्रीको ट्विटर अकाउन्ट

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ट्विटर अकाउन्ट ह्याकरको पन्जाबाट मुक्त भएको छ । बुधबारदेखि ह्याक भएको प्रधानमन्त्रीको आधिकारिक ट्विटर ह्यान्डल पीएम नेपाल पुनः सञ्चालनमा आएको हो।

‘१५ मार्च बेलुकीदेखि ट्विटर ह्यान्डलमा अनधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ’, प्रधानमन्त्रीको सचिवालयले भनेको छ।

ट्विटर ह्यान्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको अवस्थामा समेत अनधिकृत प्रवेश भएको घटनाबारे छानबिन जारी रहेको सचिवालयको भनाइ छ।

यसबारे सत्थतथ्य छिट्टै सार्वजनिक गरिने भन्दै सचिवालयले यस सम्बन्धमा प्रकट भएका चिन्ता, चासो र सुझावका लागि सबैमा धन्यवाद ज्ञापन गरेको छ।

प्रकाशित: ३ चैत २०७९ ७:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =