‘काकु’ र ‘धतुरे’ अभिनीत टेलिशृंखला ‘सर्खारको सर’ को प्रोमो सार्वजनिक

हिमाल प्रेस २ चैत २०७९ ११:३७
14
SHARES
‘काकु’ र ‘धतुरे’ अभिनीत टेलिशृंखला ‘सर्खारको सर’ को प्रोमो सार्वजनिक

काठमाडौंँ- हास्यव्यंग्य टेलिशृंखला ‘सर्खारको सर’ प्रसारण हुने भएको छ। निर्माण टिमले प्रोमो सार्वजनिक गर्दै आगामी बुधबार अर्थात् चैत ८ गतेदेखि टेलिशृंखला प्रसारण हुने जनाएको हो।

टेलिशृंखला नेपाल नेटवर्क टेलिभिजनबाट प्रत्येक साताको बुधबार राति पौने ९ बजे प्रसारण हुनेछ। प्रोमोमा कलाकार तथा निर्देशक दीपक आचार्य ‘काकु’, सीपी पुडासैनी ‘धतुरे’ र रविन्द्र झालगायत देखिएका छन्। जसमा देशको वर्तमान राजनीतिक विषयवस्तुप्रति व्यंग्यात्मक शैली प्रस्तुत गरिएको छ।

टेलिशृंखलामा कलाकार काकु, धतुरे रविन्द्रसहित लीला केसी, जगदीश्वर अधिकारी, प्रतिषा रिजाल, राजु कट्टेल, सिजन तिवारी, मरिना गुरुङ, सुरज अधिकारी, तलिसा गुरुङ, डिम्पल खरेल, सविता खड्का, रमेश अधिकारी, वीरबल घलेलगायतको अभिनय छ। विनयराज पौडेलको निर्देशनमा तयार भएको टेलिशृंखलाका लेखक तथा कार्यकारी निर्माता रघुनाथ सापकोटा हुन्।

देशको राजनीतिक विकृति र विसंगतिसँगै नेपाली समाजमा घटेका यथार्थ घटना र समाजका समस्याहरूलाई उजागर गर्ने उद्देश्यले शृंखला तयार गरिएको निर्देशक पौडेलले बताएका छन्।

प्रकाशित: २ चैत २०७९ ११:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =