फेरि बढ्यो सुनको भाउ

हिमाल प्रेस २ चैत २०७९ ११:०७
4
SHARES
फेरि बढ्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ। एकै दिन तोलामा एक हजार रुपैयाँले बढ्दै बिहीबार छापावाला सुनको मूल्य १ लाख ६ हजार ७ सय रुपैयाँ पुगेको हो।

आज तेजाबी सुनको मूल्य समेत तोलामा एक हजार रुपैयाँले नै बढ्दै १ लाख ६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो भने तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्यमा ५ रुपैयाँले मात्रै बढ्दै आज तोलामा १ हजार ३ सय ५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २ चैत २०७९ ११:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =