रासायनिक मलमा अनुदान कटौती गरेकोमा जनमतको असन्तुष्टि

हिमाल प्रेस २ चैत २०७९ ७:४१
460
SHARES
रासायनिक मलमा अनुदान कटौती गरेकोमा जनमतको असन्तुष्टि फाइल तस्बिर

काठमाडौँ- रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयलाई जनमत पार्टीले असन्तुष्टि व्यक्त गरेको छ।

जनमत पार्टीका अध्यक्ष डा सीके राउतले  विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती गरेको निर्णयको असन्तुष्टि व्यक्त गरेका हुन्।  उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न माग गरेका छन्।

‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११.८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सरकारले रासायनिक मलमा दिइँदै आएको ७०.८२५ अनुदान कटौती गरी ५९.०४५ बनाएको छ । अब किसानले प्रतिकिलो युरियामा रू ११, डिएपीमा ७ रुपैयाँ र पोटासमा ९ रुपैयाँ थप मूल्य भार बेहोर्नु पर्नेछ ।

किसानहरूको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष राउतले चेतावनी दिएका छन्।

प्रकाशित: २ चैत २०७९ ७:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =