उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय

हिमाल प्रेस १ चैत २०७९ १२:१९
2
SHARE
उपराष्ट्रपतिमा रामसहायलाई मतदान गर्ने कांग्रेसको निर्णय फाइल तस्बिर।

काठमाडौँ- नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गठबन्धनका साझा उम्मेदवार यादवलाई मतदान गर्न संघीय र प्रदेश सांसदहरुलाई मतदान गर्न निर्देशन दिने निर्णय भएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए।उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। साथै बैठकले फागनु २५ गते राष्ट्रपतिमा निर्वाचित भएकोमा कांग्रेसका तत्कालिन नेता रामचन्द्र पौडेललाई बधाई दिएको छ।

उपराष्ट्रपतिमा जसपाका यादवसहित ममता झा पनि उम्मेदवार छन्। जसपाबाटै प्रमिला झाले पनि मनोनयन दर्ता गराएको भए पनि उनले रामसहायप्रसादलाई नै समर्थन गर्ने बताएकी छन्।

प्रकाशित: १ चैत २०७९ १२:१९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 14 =