छ प्रदेशका प्रमुखहरूले भेटे प्रधानमन्त्री

हिमाल प्रेस १ चैत २०७९ ११:२८
4
SHARES
छ प्रदेशका प्रमुखहरूले भेटे प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटेका छन्।

काठमाडौँ आएका प्रदेश प्रमुखहरूले आज प्रधानमन्त्री प्रचण्डसँग सामूहिक भेटवार्ता गरेका हुन्। प्रदेशलाई कसरी बलियो बनाउने विषयमा छलफल भएको जनाइएको थियो। संघीयता विरोधी शक्ति बढिरहेका बेला प्रदेश वलियो बनाउन प्रयत्न गर्न प्रधानमन्त्रीले निर्देशन दिएका थिए।
भेटका अवसरमा प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ। भेटमा कोशी प्रदेशका प्रमुख परशुराम खापुङ, मधेस प्रदेश प्रमुख हरिशंकर मिश्र, बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ, लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचन र कर्णाली प्रदेश प्रमुख तिलक परियार सहभागी थिए ।

सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशी भने सहभागी थिएनन् ।

प्रकाशित: १ चैत २०७९ ११:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =