भ्यानको ठक्करबाट महिलाको मृत्यु

हिमाल प्रेस १ चैत २०७९ ८:५४
6
SHARES
भ्यानको ठक्करबाट महिलाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- मकवानपुरको हेटौँडा उपहानगर–११ थानाभर्‍याङमा आज (बुधबार) बिहान पिकअप भ्यानको ठक्करबाट एक महिलाको ज्यान गएको छ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ६९४३ नम्बरको भ्यानले ठक्कर दिँदा नामथर वतन नखुलेको अन्दाजी ३५/४० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारको लागि हेटौँडा अस्पताल ल्याउन साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

ठक्कर दिने सवारी र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए।

प्रकाशित: १ चैत २०७९ ८:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =