गठबन्धन १० टाउके रावण हो, यसले विध्वंस मच्चाउँछ : ओली

हिमाल प्रेस ३० फागुन २०७९ २०:४७
2
SHARE
गठबन्धन १० टाउके रावण हो, यसले विध्वंस मच्चाउँछ : ओली फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेस–माओवादी गठबन्धन १० टाउके रावण भएको टिप्पणी गरेका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन रावण सरह रहेको बताएका हुन्।

१० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको भन्दै उनले वर्तमान १० दलीय गठबन्धन रावण सरह रहेको बताए। उनले १० दलीय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर विध्वंस मचिने बताए।

सत्ता गठबन्धनप्रति इंगित गर्दै ओलीले अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको टिप्पणी गरे।

स्थानीय तहको निर्वाचनमा महिलाका हक अधिकारहरू चलाखीसाथ, कपटपूर्ण ढंगले हरण गरिएको भन्दै राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भए पनि गठबन्धनले त्यसलाई बेवास्ता गरेको बताए।

प्रकाशित: ३० फागुन २०७९ २०:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − one =