सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको छ : ओली

हिमाल प्रेस ३० फागुन २०७९ १८:२१
2
SHARE
सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनले संवैधानिक व्यवस्था मिचेको आरोप लगाएका छन्। उपराष्ट्रपति निर्वाचनका सन्दर्भमा एमालेले मंगलबार ललितपुरमा आयोजना गरेको संघ तथा प्रदेशका सांसदहरूसंगको छलफलमा ओलीले उक्त आरोप लगाएका हुन्।

संविधानको अक्षरमा त्रुटी हुन सक्ने औंल्याउँदै ओलीले सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिमध्ये एक पदमा महिला हुनुपर्ने भावना संविधानको रहेको बताए। तर त्यसलाई सत्ता गठबन्धनले वेवास्ता गर्दै संवैधानिक व्यवस्था मिचेको ओलीले दाबी गरे।

अहिले १० दलीय नेताहरूले संविधानलाई मिच्न, महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाइ प्रयोग गरेको उनको भनाइ छ। उनले संविधानको व्याख्यासम्बन्धी प्रश्न सर्वोच्चको संवैधानिक इजलासले हेर्नुपर्ने पनि बताए।

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा संवैधानिक व्यवस्था अनुसार पुरुष र महिलाको सन्तुलन मिलाउनु अनिवार्य रहेको ओलीको भनाइ थियो।

उपराष्ट्रपति पदमा एमालेले जित्ने आधार रहेको दाबी गर्दै ओलीले त्यसबारे अहिले चर्चा गरे समीकरण भत्किन सक्ने बताए। गठबन्धनभित्र अनेक प्रकारका समस्या रहेको र एमालेभित्र कुनै समस्या नरहेको ओलीको जिकिर थियो।

ओलीले अन्य दल सत्ता गठबन्धनका नाममा निजी स्वार्थका लागि केन्द्रीत भए पनि एमाले सबल राष्ट्रिय शक्ति स्थापित गर्न लागेको बताए।

प्रकाशित: ३० फागुन २०७९ १८:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 14 =