सुनको भाउ तोलामा १६०० ले बढ्यो

हिमाल प्रेस ३० फागुन २०७९ ११:५३
6
SHARES
सुनको भाउ तोलामा १६०० ले बढ्यो

काठमाडौँ- नेपाली बजारमा मंगलबार (आज) सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ।

यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ। सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो।

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ।

प्रकाशित: ३० फागुन २०७९ ११:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − nine =