गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते

हिमाल प्रेस २९ फागुन २०७९ २१:४२
4
SHARES
गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते सांकेतिक तस्बिर।

गोरखा– गोरखामा सोमबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। गोरखा नगरपालिका-६ स्थित बिसौनीमोडमा प्र-३-०१-००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डीएसपी) लिलाराज लामिछानेले जानकारी दिए।

दुर्घटनामा ६ जना घाइते भएको उनले बताए।

दुर्घटनामा परी गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखा जिल्ला सैलुङ गाउँपालिका-७ घर भई राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत वर्ष ३२ का विष्णु खड्काको मृत्यु भएको उनले जनाए।

दुर्घटनामा गम्भीर घाइते भएका श्रेष्ठको गोरखा अस्पतालमा र खड्काको चितवनस्थित भरतपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको डीएसपी लामिछानेले बताए।

दिउँसो गोरखा बसपार्कबाट आबुखैरेनीतर्फ आउँदै गरेका ट्रक अनियन्त्रित भएर विपरीत दिशाबाट आउँदै गरेको बा. ८६ प १७८५ नम्बरको मोटरसाइकल र बाटोमा रहेको पैदलयात्री लछारेर सडकदेखि झण्डै २० मिटर तल खसेको थियो। दुर्घटनामा परेर घाइते हुनेमा सहिद गाउँपालिका-७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल रहेका छन्।

अन्य घाइतेमा गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मंगल चौधरी र ठेगाना र उमेर खुल्न बाँकी रहेका बुद्धीबहादुर नेपाली रहेका छन्।

गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ भने अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ फागुन २०७९ २१:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + nine =