यस्तो छ ‘ए सुन साथी’को टिजर

हिमाल प्रेस २९ फागुन २०७९ १३:३९
2
SHARE
यस्तो छ ‘ए सुन साथी’को टिजर

काठमाडौँ- कलाकार वर्षा शिवाकोटी र रमेश बाँनियाको मुख्य भूमिका रहेको फिल्म ‘ए सुन साथीको टिजर’ फिल्मको टिजर सार्वजनिक भएको छ।
निर्माण टिमले आइतबार (हिजो) साइराम पिक्चर युट्युब च्यानलबाट टिजर सार्वजनिक गरेका छन्।

फिल्ममा वर्षा र रमेशसहित कलाकार सुशील पोखरेल, विमला गिरी, स्व जयानन्द लामा, लक्ष्मी साउद, रुक्मिला अधिकारी, गौरव हमाल, रमेश अधिकारी, सुवास शाहलगायत बाल कलाकार करिश्मा खड्का र इभान सञ्जेलको अभिनय रहेको छ। चैत १० का लगि प्रदर्शन मिति तोकेको थियो। तर निर्माण टिमले तयारी नभएको भन्दै आगामी जेठ ५ का लागि सारेको छ।
टिमले टिजरसहित जेठ ५ गतेलाई नयाँ मिति घोषणा गरेका छन्।

लभस्टोरी, थ्रिलर जनारामा बनेको फिल्मलाई राम राघव आचार्यले लेखन तथा निर्देशन गरेका छन्।

 

प्रकाशित: २९ फागुन २०७९ १३:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =