नेपालका अनुगमनकारी निकायका इकाइहरू कमजोर भए : गणेश शाह

हिमाल प्रेस २९ फागुन २०७९ १२:०९
2
SHARE
नेपालका अनुगमनकारी निकायका इकाइहरू कमजोर भए :  गणेश शाह

काठमाडौँ- नेकपा माओवादीका नेता गणेश शाहले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण बनाउन आवश्यक रहेको बताएका छन्। सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालका अनुगमन कार्य इकाईहरु कमजोर भएको महसुस भइरहेको बताए।

उनले उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक रहेको बताए। पूर्वमन्त्री शाहले अनुगमन र निरीक्षणको बिस्तार एवं प्रभावकारी कार्यान्वयनका लागि आवश्यक नीति, नियम बनाएर अघि बढ्न जरुरी रहेको बताएका छन्।

उनले भने,‘अनुगमन कार्य इकाई, खाद्य, ट्राफिक जति पनि होस्, त्यसको अनुगमन कार्य इकाईहरु कमजोर भएको जस्तो लाग्यो। उपभोक्ता सचेतनाको पनि अनुगमनकारी निकायको सबलीकरण र प्रभावकारी बनाउन आवश्यक छ । ऐन नबनेपनि ऐनको परिमार्जन गरौँ। इलिगल स्टाटस, ऐन, कानुन, नियम, नियमावलीको वृहत छलफल गरेर संशोधन गर्नुपर्छ।’

त्यस्तै उपभोक्ता अधिकारवादी ज्योति बानियाँले डिजिटल माध्यमहरुलाई समयानुकूल बनाउँदै लैजानुपर्नै बताए। उनले सेवाको गुणस्तरलाई बिस्तार गर्दै लैजान आवश्यक रहेको बताए। उनले इन्टरनेट सेवाको चुस्तता कमजोर रहेकाले त्यसमा विचार गर्नुपर्ने आवश्यकता औंल्याए।

उनले टेक्नोलोजीमा मर्काको विरुद्ध उजुरी विकट स्थानका नागरिकहरूले संघीयता अनुसार नै दर्ता गर्न पाउनका लागि कानुन संशोधन गर्नुपर्ने बताए।

प्रकाशित: २९ फागुन २०७९ १२:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eleven =