शीतल निवास सर्दै पौडेल, बाहिरिँदै भण्डारी

हिमाल प्रेस २९ फागुन २०७९ ७:२७
6
SHARES
शीतल निवास सर्दै पौडेल, बाहिरिँदै भण्डारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल आजै बोहोराटारस्थित निजी निवासबाट शीतल निवास सर्ने भएका छन् ।  पौडेलले आज दिउँसो १ बजे शपथ ग्रहण गर्ने कार्यक्रम छ। त्यसपछि उनी शितल निवासमै रहने राष्ट्रपति कार्यालयले जनाएको छ ।  निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी आजै शितल निवासबाट बुढानीलकण्ठस्थित निजी निवासमा सर्नेछिन् ।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। आज रातिबाटै भण्डारीको कार्यकाल सकिएको छ। ७ वर्षभन्दा बढी शितलनिवासमा रहेर भण्डारी आज बाहिरिँदैछन्।

प्रकाशित: २९ फागुन २०७९ ७:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + twelve =