राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ

हिमाल प्रेस २९ फागुन २०७९ ७:०५
4
SHARES
राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको आज शपथ ग्रहण हुँदैछ। राष्ट्रपतिको कार्यालय, शीतलनिवासमा दिउँसो १ बजे विशेष समारोहको आयोजनाको तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीका अनुसार नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ कार्यक्रमको सपथको सम्पूर्ण तयारी सकिएको छ।

नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ। जसअनुसार नवनिर्वाचित राष्ट्रपति पौडललाई कायमुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउनेछन्।

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं सांसद पौडेल गत फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए। उ

प्रकाशित: २९ फागुन २०७९ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =