‘सरकारले पाँच महिनामै सुधारको संकेत दिनुपर्छ’

हिमाल प्रेस २८ फागुन २०७९ १६:४०
4
SHARES
‘सरकारले पाँच महिनामै सुधारको संकेत दिनुपर्छ’ कांग्रेस महामन्त्री गगनकुमार थापा।

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले पाँच महिनामै सुधारका संकेत देखाउनुपर्ने बताएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक कार्यक्रममा थापाले पाँच वर्षका लागि बनेको सरकारले पाँच महिनामै सुधारको संकेत गर्नुपर्ने बताएका हुन्।

सरकार पाँच वर्षका लागि बने पनि जनताले चाँडो सुधार चाहेको भन्दै उनले जतिसक्दो छोटो समयमा सुधारका संकेत देखिनुपर्ने थापाको भनाइ थियो। राजनीतिक अलमलमा समय खेर फाल्ने समय वर्तमान सरकारलाई नरहेको थापाले बताए। छिटो भन्दा छिटो मन्त्रीपरिषद् विस्तार गरेर सरकार आफ्नो गन्तव्यतर्फ अघि बढ्नुपर्ने धारणा थापाले राखे।

अबको पाँच महिनामा हरेक नागरिकलाई सरकारले कामको अनुभूति जनतालाई गराउन नसके गठबन्धनको कुनै अर्थ नरहने उनले बताए।

आफू प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा उठेको र पराजित भइसकेको अवस्थामा मन्त्री बन्ने चाहना नभएको बरु सांसदको रूपमा जनताको सेवा गर्ने उनको भनाइ थियो।

महामन्त्री थापाले प्रधानमन्त्री अर्थतन्त्रप्रति बढी चिन्तित हुनुपर्ने भन्दै अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्नुपर्ने बताए।

प्रकाशित: २८ फागुन २०७९ १६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =