संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गएको छ : प्रधानमन्त्री

हिमाल प्रेस २८ फागुन २०७९ १३:५०
4
SHARES
संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गएको छ : प्रधानमन्त्री फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले अर्थतन्त्रको सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन्।

आइतबार काठमाडौँमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारणसभालाई सम्बोधन गर्दै उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको भन्दै संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताएका हुन्। उनले अनावश्यक खालका चालु प्रकृतिका खर्च कटौती गर्दै पुँजीगत खर्चलाई तीव्रता दिने सरकारको प्राथमिकता रहेको उल्लेख गरे।

प्रधानमन्त्री प्रचण्डले सार्वजनिक खरिदसम्बन्धी कानुन संशोधन गर्दा निर्माण व्यवसायीहरूको सहभागितालाई समेत सुनिश्चित गर्ने बताए। ‘अबको संशोधनमा तपाईं (निर्माण व्यवसायी) हरूको पनि सहभागिता सुनिश्चित गरेर संशोधन गरिनेछ,’ उनले भने, ‘अन्य सरोकारवालाहरूलाई पनि सहभागी गराएर मात्रै यो संशोधनलाई अन्तिम रूप दिइनेछ।’

प्रकाशित: २८ फागुन २०७९ १३:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 9 =