सिन्धु पौडेलको ‘मृतसागरको उचाइबाट’ विमोचित

हिमाल प्रेस २८ फागुन २०७९ १३:२५
16
SHARES
सिन्धु पौडेलको ‘मृतसागरको उचाइबाट’ विमोचित

काठमाडौँ- नेपाली साहित्यको विकाससँगै सामाजिक कार्यमा क्रियाशील संस्था साहित्यिक चौतारी नेपालले नवौँ वार्षिकोत्सव मनाएको छ। राजधानीमा एक कार्यक्रम गरी संस्थाले वार्षिकोत्सव मनाएको हो। साहित्यिक चौतारी नेपालकी केन्द्रीय अध्यक्ष गीता भण्डारीको अध्यक्षता तथा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा संस्थाले प्रत्येक वर्ष प्रकाशन गर्दै आएको चौतारी मुखपत्र अङ्क ५ सँगै चौतारीकी इजरायल शाखा सदस्य तथा साहित्यिक चौतारी नेपालका आजीवन सदस्य सिन्धु पौडेलको कृति ‘मृतसागरको उचाइबाट’ एकैसाथ विमोचन गरिएको छ।वार्षिकोत्सवको अवसरमा चौतारीका ३५ शाखामध्ये उत्कृष्ट शाखाका रूपमा जापान शाखा र भारत शाखालाई सम्मान गरियो। साहित्यिक चौतारीका संस्थापक केन्द्रीय उपाध्यक्ष शुभद्रा घिमिरेलाई पनि सम्मान गरिएको छ।

कार्यक्रममा साहित्यिक चौतारी नेपालका सातवटा शाखाका प्रतिनिधि क्रमशः कोशी प्रदेश शाखाका श्यामकुमार श्रेष्ठ, मधेश प्रदेश शाखाबाट यामुना प्राध्यानाङ, गण्डकी प्रदेश शाखाबाट शोभा खनाल कोइराला बागमती शाखा अध्यक्ष समा श्री, प्रतिनिधि कल्पना भट्टराई, लुम्बिनी प्रदेश शाखा सल्लाहकार वसन्त वलि वसन्ती, प्रतिनिधि वन्दना भट्टराई, कर्णाली प्रदेश शाखा सचिव मनोज परियार र सुदूरपश्चिम प्रदेश शाखा प्रतिनिधि उमेश अवस्थी आदर्शले रचना वाचन गरेका थिए। कार्यक्रम विभिन्न साहित्यिक संस्थाका प्रतिनिधिले समेत रचना वाचन गरेका थिए।

प्रकाशित: २८ फागुन २०७९ १३:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − thirteen =