जसपा बैठकले उपराष्ट्रपति पदको अन्तिम उम्मेदवार टुंग्याउने

हिमाल प्रेस २८ फागुन २०७९ १३:०७
6
SHARES
जसपा बैठकले उपराष्ट्रपति पदको अन्तिम उम्मेदवार टुंग्याउने

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार बनेका रामसहायप्रसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीको बैठकले निर्णय गर्ने बताएका छन्। आइतबार संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

‘पार्टीको तर्फबाट दुई वटा उम्मेदवारी परेको छ, यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौँ,’ उनले भने, ‘गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौँ।’ उपराष्ट्रपति पदमा जसपाबाट प्रमिलाकुमारी र यादवको उम्मेदवारी परेको छ।

उम्मेदवारको अन्तिम नामावली आजै प्रकाशन हुने भएको छ। त्यसअघि उम्मेदवारको मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने र नाम फिर्ता लिने कार्यतालिका छ।

प्रकाशित: २८ फागुन २०७९ १३:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =