संविधानलाई जीवित राख्‍न उपराष्ट्रपतिमा मेरो उम्मेदवारी : ममता झा

हिमाल प्रेस २७ फागुन २०७९ १५:५५
10
SHARES
संविधानलाई जीवित राख्‍न उपराष्ट्रपतिमा मेरो उम्मेदवारी : ममता झा

काठमाडौँ– जनमत पार्टीबाट उपराष्ट्रपति पदकी उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताएकी छन्।

शनिबार उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएकी हुन्।

संविधानलाई् जीवित राख्नका लागि आफूले उम्मेदवारी दिएको बताउँदै सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको उनले उल्लेख गरिन्।

आफू संविधानलाई सशक्त रूपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको उनले जनाइन्।

‘सबै जातजाति, सबैको राम्रो प्रतिनिधित्व हुनुपर्छ भन्ने संविधानको मर्म छ। सबैको प्रतिनिधित्व भएपछि मात्रै विकास हुनसक्छ। एक महिला छ मधेसबाट आएको, संविधानको मर्मलाई जीवित राख्नको लागि संविधानलाई जीवित राख्नको लागि मैले उम्मेदवारी दिएको हुँ,’ उनले भनिन्।

आफूलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन पार्टीले गरेको निर्णयबाट आफू एक इन्च पनि तलमाथि नहुने उनले स्पष्ट पारिन्।

पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतले गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेको बताए।

‘गठबन्धनकै निर्णय अनुसार ३ जनाको उम्मेदवार मनोनयन गर्ने र पछिसम्म छलफल जारी राख्ने भन्ने कुरा आएको छ। निर्वाचन आयोगले पनि जुन निर्णय गरेको छ, संविधानको धारा टेकेर त्योअनुसार उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने संविधानको मर्म पनि त्यही रहेको हुनाले हामीले महिला उम्मेदवारलाई अगाडी सारेका हौँ,’ उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =