संविधान मिचेर पुरुषलाई नै उपराष्ट्रपति बनाइनु गलत : झलनाथ खनाल

हिमाल प्रेस २७ फागुन २०७९ १५:१८
16
SHARES
संविधान मिचेर पुरुषलाई नै उपराष्ट्रपति बनाइनु गलत : झलनाथ खनाल

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले उपराष्ट्रपति पुरुष बन्ने सम्भावना बढेर गएको बताएका छन्।

भक्तपुरको बोडेमा जारि एकीकृत सरकारी सर्मचारी संगठन, नेपालको दुई दिने राष्ट्रिय अधिवेशनको दोस्रो दिनको कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्।

संविधानमा पुरुष राष्ट्रपति भए उपराष्ट्रपति महिला हुनुपर्ने प्रष्ट प्रावधान रहेको भए पनि त्यसको बेवास्ता गर्दै उपराष्ट्रपतिमा पुरुष नै बनाउने संभावना बढेर जानु दु:खद भएको उनको भनाइ छ।

संविधानमा प्रष्ट व्यवस्था हुँदा-हुँदै पनि दलहरूको स्वार्थ र पितृसत्ताको परिणामका कारण यस्तो हुन लागेको नेता खनालको भनाइ छ।

संविधानमा भएका हकअधिकार कार्यान्वयन गराउन र पितृसत्ताबिरुद्ध सबैले एकजुट भएर लड्नु पर्नेमा पनि उनले जोड दिए।

‘अर्को समुदायको हो भनेर फेरि पनि उपराष्ट्रपतिमा पुरुष नै ल्याउने सम्भावना बढेर गएको छ, यो गलत छ। यो पितृसत्ताका विरुद्ध लड्न पर्ने आवश्यकता छ। साथै यस्ता विभिन्न दमन, शोषण र अन्यायकाविरुद्ध विभिद क्षेत्रबाट संघर्षका कार्यक्रमहरू लागडि बढाएर लैजानुपर्छ,’ उनले भने।

चैत्र ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ताको दिन हो। उम्मेदवारी दर्ताका लागि निर्वाचन आयोगले शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म समय तोकेको थियो।

उक्त समयमा सत्तागठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव, प्रमिलाकुमारी यादव, जनमत पार्टीबाट ममता झा र सत्तागठबन्धनको विपक्षमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =