जसपाबाटै उपराष्ट्रपतिका दुई उम्मेदवार!

हिमाल प्रेस २७ फागुन २०७९ ११:४५
8
SHARES
जसपाबाटै उपराष्ट्रपतिका दुई उम्मेदवार!

काठमाडौँ- सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीन जनाले उम्मेदवारी दिने भएका छन्। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको १० दलीय बैठकमा दलहरुबीचसहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन्।

जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तयारी भएको छ। गठबन्धनका दलले उपराष्ट्रपतिमा महिला खोजेसँगै जसपाले प्रमिला यादवको नाम पनि अघि बढेको थियो। निर्वाचन आयोगले महिला अनिवार्य भनेसँगै जसपा अप्ठ्यारोमा परेको छ।

जसपाको केन्द्रीय कार्यकारिणी बैठकले भने रामसहाय यादवलाई उठाउने निर्णय गरेको थियो। तर गठबन्धनमा सहमति नहुँदा जसपाबाटै दुई उम्मेदवार बन्ने सम्भावना छ।

उपराष्ट्रपतिको मनोनयन आजै रहेको छ। यही कारण आज मनोनयन दिने र भोलिसम्ममा सहमति गर्ने बैठकले निष्कर्ष निकालेको हो। जसपाले दुईजनाको मनोनयन दिए उपराष्ट्रपतिका उम्मेदवार चार पुग्नेछन्। यता प्रतिपक्षी एमालेले पनि अष्टलक्ष्मी शाक्यलाई उठाउने भएको छ। जसपाको नाममा सहमति नभएसँगै अध्यक्ष उपेन्द्र यादव आन्तरिक तयारीमा जुटेका छन्।

अहिले जसपाको कार्यकारिणी बैठक पनि बसिरहेको स्रोतको दाबी छ।

प्रकाशित: २७ फागुन २०७९ ११:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + eighteen =