चार कम्युनिस्ट पार्टीले बनाए ‘समाजवादी-देशभक्त मोर्चा’

हिमाल प्रेस २७ फागुन २०७९ ८:५५
24
SHARES
चार कम्युनिस्ट पार्टीले बनाए ‘समाजवादी-देशभक्त मोर्चा’

काठमाडौँ- चार कम्युनिस्ट पार्टीले संयुक्त मोर्चा निर्माण गरेका छन्। संसद्बाहिर रहेका चार दलले संयुक्त कार्यक्रम अघि बढाउन मोर्चा निर्माण गरेका हुन्। हाललाई मोर्चा बनाउने र पार्टी एकतासम्म जाने सहमति चार दलबीच भएको छ।

मोर्चामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी‍, नेपाल र कर्णजित बुढाथोकी नेतृत्वका पार्टी र सुशिल नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त मोर्चाको घोषणा गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले मोर्चाले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेपको विरुद्धमा स्वाधिनताको नेतृत्व गर्ने बताए। उनले देश गोलचक्करमा फसिरहेको भन्दै देशलाई अग्रगमनको मार्गमा लाने प्रयत्न गरिने बताए।

मोर्चाले केन्द्रीय समिति बनाउने र केन्द्रीय समितिमा अध्यक्ष मण्डल रहने जनाइएको छ। अध्यक्ष मण्डलले अध्यक्ष तोक्ने र अध्यक्षको कार्यकाल एक वर्षको हुने बताइएको छ। मोर्चाको केन्द्रीय, प्रदेश र जिल्ला संगठन हुनेछ। केन्द्रीय समितिमा १५ देखि २१ जनासम्म र जिल्लामा ११ देखि १५ जनासम्म रहने छ।

मोर्चाले राष्ट्रिय स्वाधिनतासम्बन्धी, वैज्ञानिक समाजवाद तथा जनवादसम्बन्धी, जनजीविकासम्बन्धी र विभिन्न संघर्षका कार्यक्रम गर्ने बताए।

प्रकाशित: २७ फागुन २०७९ ८:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eighteen =