जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

हिमाल प्रेस २६ फागुन २०७९ १६:३२
132
SHARES
जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने

काठमाडौँ- जनमत पार्टीले ममता झालाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने भएको छ। गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने भन्दै जनमतले झालाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

‘हाम्रो पार्टीबाट ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउनेबारे छलफल भएको छ। आजको बैठकमा अध्यक्षले उहाँको नाम लिएर उम्मेदवार बनाउने कुरा गर्नु भएको हो’ जनमतका महासचिव चन्दन सिंहले हिमालप्रेससँग भने।

जनमत पार्टीकी सप्तरी जिल्ला इञ्चार्जसमेत रहेकी ५३ वर्षीय ममतालाई उम्मेदवार बनाउन लागिएको हो। उपराष्ट्रपतिमा जसपाले रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय नै गरिसकेको छ। तर, निर्वाचन आयोगले राष्ट्रपति पुरुष निर्वाचित भइसकेको र उपराष्ट्रपतिमा अनिवार्य महिला हुनुपर्ने भनेपछि जसपा समस्यामा परेको छ।

उता नागरिक उन्मुक्ति पार्टीले भने उपराष्ट्रपतिको उम्मेदवार हुन उमेर नै नपुगेकी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई अघि सार्ने तयारी गरेको छ। राष्ट्रपति/उपराष्ट्रपति ४५ वर्ष उमेर भएको हुनुपर्छ।

प्रकाशित: २६ फागुन २०७९ १६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + sixteen =