बीपीको तस्बिरमा माल्यार्पण गर्दै रामचन्द्रले भने : जनताको निराशालाई आशामा परिणत गर्नेछु

हिमाल प्रेस २६ फागुन २०७९ १२:५६
4
SHARES
बीपीको तस्बिरमा माल्यार्पण गर्दै रामचन्द्रले भने : जनताको निराशालाई आशामा परिणत गर्नेछु

काठमाडौँ- नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताएका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछि शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व.विश्वेश्वरप्रसाद कोइरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले देशलाई नयाँ दिशा दिनु आजको आवश्यता बताएका हुन्।

उनले देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रीक व्यवस्थालाई जर्गेना गर्न आवश्यक रहेको पनि बताएका हुन्। उनले समावेशी लोकतन्त्रीक व्यवस्थालाई चिरस्थायी बनाउँदै समसामयिक सुधार गर्नुपर्नेमा जोड दिए। राष्ट्रपति पौडेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै जनताको निराशालाई आशामा परिणत गर्ने प्रतिवद्धता जनाएका छन्।

उनले भने,‘जनताको हातमा सम्पूर्ण सत्ता ल्याउनको लागि बीपी कोइराला लगायतका नेताहरुले जुन बलिदान गर्नुभयो। जसरी देशलाई नयाँ दिशा देखाउनुभयो। आज त्यो नयाँ दिशालाई साकार पार्ने मेरो कर्तव्य हो।’ उनले थपे,‘देशमा आएको परिवर्तन संवैधानिक लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्रिक व्यवस्थालाई हामीले जर्गेना गर्नुपर्छ।’
राष्ट्रपति पौडेलले देशले सुशासन खोजेको भन्दै सबैले त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यता औंल्याए। उनले संग्रहालयमा वृक्षारोपण गर्नुका साथै संग्रहालयको अवलोकन गरेका थिए।

प्रकाशित: २६ फागुन २०७९ १२:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + eighteen =