प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रपति पौडेललाई बधाई

हिमाल प्रेस २५ फागुन २०७९ २१:३८
6
SHARES
प्रधानमन्त्री प्रचण्डद्वारा राष्ट्रपति पौडेललाई बधाई राष्ट्रपति पदमा विजयी भएका रामचन्द्र पौडेललाई बिहीबार बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर : प्रदीपराज वन्त/रासस

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकोमा रामचन्द्र पौडेललाई बधाई ज्ञापन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत राष्ट्रपति पौडेललाई बधाई दिएका हुन्।

‘राष्ट्रको अभिभावक, संविधानको रक्षक एवम् गणतन्त्रको गौरवका रूपमा यहाँको कार्यकाल अद्वितीय र अनुकरणीय रहने विश्वास व्यक्त गर्दै संघीय संसद् र प्रदेशसभाका सम्पूर्ण माननीयज्यूहरूप्रति आभार व्यक्त गर्दछु,’ उनले भने।

नौ दलका तर्फबाट उम्मेदवार रहेका पौडेल बिहीबार राष्ट्रपति पदमा निर्वाचित भएका हुन्। बिहीबार सम्पन्न राष्ट्रपति निर्वाचनमा उनले ३३ हजार ८ सय २ र प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मत प्राप्त गरे।

प्रकाशित: २५ फागुन २०७९ २१:३८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =