भेडेटारमा भ्युटावर भएकै ठाउँमा सिसाको स्काइवाक बनाइँदै

हिमाल प्रेस २५ फागुन २०७९ २१:००
8
SHARES
भेडेटारमा भ्युटावर भएकै ठाउँमा सिसाको स्काइवाक बनाइँदै

विराटनगर- सुनसरीको भेडेटारमा सिसाको स्काइवाक बन्ने भएको छ। सार्वजनिक निजी साझेदारीमा ३० करोड रुपैयाँ लागतमा स्काइवाक बन्ने भएको हो।

वण्डर्स ग्रूपअन्तर्गत वण्डर्स एम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले स्काइवाक निर्माण गरिरहेको छ। अहिले जग हाल्ने काम सकिएको कम्पनीका अध्यक्ष प्रबिन्द्र पोखरेलले जानकारी दिए।

स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ। निर्माणपछि स्काइवाकमा एकैपटक दुई सय जना हिँड्न सक्ने पोखरेलको भनाइ छ। सिसाको स्काइवाकको तल भीर भएकाले बेग्लै अनुभव लिन सकिने पोखरेलले बताए।

भेडेटार भ्युटावर रहेकै ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना यसै वर्ष (सन् २०२३) भित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले बताए। परियोजना साँगुरीगढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्छ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको निर्देशक शर्माले बताए। काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको स्काइवाक टावर र इलामको कन्याममा निर्माण सञ्चालनमा आइसकेको कन्याम क्लाउड नामको स्काइवाक पनि वण्डर्स ग्रूपले निर्माण गरेको हो। रासस

प्रकाशित: २५ फागुन २०७९ २१:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 1 =